बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देउवाले बोलाए कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक

बिहिबार, फाल्गुन १० २०८०

काठमाडौं । महासमिति बैठकमा भएको समूहगत छलफल आएको सुझावबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार महासमिति बैठकमा भएको समूहगत छलफल आएको सुझावबारे छलफल गर्न गोदावरीस्थित भिलेज रिसोर्टमा बैठक बोलाइएको हो ।

महासमिति बैठकमा भएको समुहगत छलफल र समापन समारोह तयारीबारे बैठकमा छलफल हुनेछ।
कांग्रेस महासमिति बैठक आज सकिँदैछ।