काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ ।
नेदरल्यान्डले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालका अनिलकुमार शाह र आसिफ शेखले अर्धशतक बनाए । शाहले ५७, सेखले ५४ कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट भएका थिए ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत यसअघि नेदरल्यान्डले नेपालसामु १३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालका लागि कुशल भुर्तेलले २० रन खर्चेर ४ विकेट लिए । उनले ७ ओभर बलिङ गरे । यस्तै ललिलनारायण राजवंशीले २, सोमपाल कामी र कप्तान रोहित पौडेलले एकरएक विकेट लिए ।