काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपालको ब्याटिङ धराशायी बनेको छ ।
नामिबियासँगको खेलमा नेपाली इनिङ सम्हालिरहेका भीम सार्की ४४ रन बनाएर आउट भए । यसअघि छैटो विकेटका रुपमा सोमपाल कामी व्यक्तिगत २ रनमा आउट भएका थिए । केहीबेर अघि गुल्सन झा पनि २१ रन बनाएर आउट भएका छन् ।
नेपाल अहिले ३२ ओभरको खेलचलिरहँदा ८ विकेटको क्षतिमा केवल १०८ रन बनाएर खेलिरहेको छ ।
नेपालका ओपनर कुशल भुर्तेललाई पहिलो बलमै आउट भएका थिए । त्यसपछि थप तीन विकेट नेपालले सस्दैमा गुमायो ।
अनिल शाह पनि एकै ओभरमा दुईवटा चौका हानेपछि एलबीडब्लु आउट भए । अनिलले ६ बलमा ८ रन मात्र जोड्न सके ।
आसिफ शेखले ११ बलमा ४ रन बनाएर आउट हुँदा नेपाल १३ रनमा ३ विकेटको स्थितिमा खस्कियो । त्यसपछि कप्तान रोहित पौडेलले पनि कुनै चमत्कार गर्न सकेनन् । १३ बलको सामना गरेका पौडेले एक रन मात्रै जोडेर आउट भए ।