मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

ललितपुरको एक घरमा अचेत अवस्थामा भेटिएका दुई बच्चा र आमाको मृत्यु

आइतबार, माघ २८ २०८०

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ ।

ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमा गम्भीर घाइते भई हाल किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकामा बच्चाको पनि ज्यान गएको थियो ।

घरमा उनी श्रीमान्, सासु र दुई सन्तानसहित बस्दै आएकी थिइन् । घटना भएका बेला घरमा श्रीमान् थिएनन् ।

घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।