काठमाडौं । क्यानडाविरुद्ध नेपालले दुवै ओपनर गुमाएको छ। १९ ओभरको तेस्रो बलमा अोपनर कुशल भुर्तेल आउट भएसँगै नेपालले दुवै अोपनर गुमाएको छ।
५७ बलमा ९ चौका र १ छक्का प्रहार गरेका ओपनर कुशल भुर्तेल ६२ रनमा साद विन जफरको बलमा विकेट किपर श्रेयास मोभ्भाको हातबाट आउट भए।
यसअघि ओपनर आरिफ शेख पनि क्याच आउट भएका थिए। आरिफ दशौँ ओभरको पहिलो बलमा ८ रन बनाउँदा नै आउट हुन पुगे।
त्यसअघि नेपालले कप्तान रोहित पौडेललाई गुमाएको थियो। १७ बलमा १ चौका मद्धतमा ८ रन बनाएका कप्तान पौडेल १५ औँ ओभरको तेस्रो बलमा क्याच आउट भए।
सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो । नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।
क्यानडासँगको खेल लगत्तै नेपालले घरेलु मैदानमा नै नामिबिया र नेदरल्यान्डस सम्मिलत लिग टु सिरिज खेल्नेछ। क्यानडाले दुबईमा यूएई र स्कटल्यान्डसँग खेल्ने तालिका छ।