काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्व डिआइजीको शंखमुलस्थित घरमा बुधबार राति छापा मारेको छ।
प्रहरी स्रोतका अनुसार सहकारी प्रकरणमा जिबी राईसँग मिलिभगत भएको हुनसक्ने आशंकामा उनको घरमा छापा मारेको हो।
बुधवार साँझ शंखमुलस्थित जोशीको घरमा काठमाडौंको टोलीले सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रमाण संकलन गर्न छापा मारेको थियो।
पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जिबी राई र पूर्वडिआइजी जोशी व्यापारिक साझेदार हुन्।
सिआइबीले जिल्ला प्रहरी कार्यालय, कास्कीको अनुरोधमा छापा मारेको हो। प्रहरी स्रोतका अनुसार सुदर्शन सहकारीको सर्भर जोशीको उक्त घरबाट बरामद भएको छ।
सूर्यदर्शन सहकारी प्रकरणमा प्रकरणमा जिबी राईसहित एक दर्जन व्यक्ति फरार छन्।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत जिबी राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।