बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ललितपुरमा जर्मन महिला मृत फेला

सोमबार, माघ १५ २०८०

काठमाडौं । ललितपुरमा एक विदेशी महिला मृत फेला परेकी छन् ।

नकिबहाल स्थित होमस्टेमा बस्ने विदेशी नागरिक आफ्नै कोठामा मृत भेटिएकी हुन् । अनुसन्धान अधिकृतहरूको टिम घटनास्थलमा पुगेका छन् । मृतकको सनाखत भैसकेको छैन । उनी १ वर्षदेखि त्यही बस्दै आएकी थिइन् ।

मृतक जर्मन घर भएर ललितपुर बस्ने एडि इल एचइडी भएको प्रहरीको भनाइ छ । उनको टाउकोमा गम्भीर चोट देखिएको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।