काठमाडौं – ‘२३ औं सशस्त्र प्रहरी दिवस–२०८०’को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ ।
विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठलगायत अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै कर्तव्य पालनाको सिलसिलमा घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनले स्थापनाको २३औँ बर्षमा आफ्ना नविन पाइलाहरु पदार्पण गरिरहेको संगठनलाई यहाँसम्म डो¥याउन इलअभ बल ब्एँ, ब्धिबथक बल ब्एँ को भावसहित अग्रजहरुले देखाउनु भएको त्याग, बलिदान र समर्पण भावको उच्च प्रशंसा गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालको आधारस्तम्भ भनेकै अवकाश प्राप्त तथा बहालवाला सशस्त्र प्रहरी कर्मचारी भएकोले हाम्रो दैनिक कार्यसम्पादन संगठनको परिचय र प्रतिष्ठासँग जोडिने हुनाले सकारात्मक सोच र कार्यपद्धतीको बलमा अझ माथि उठाउने जिम्मेवारी रहेको बता ।
उहाँले व्यवसायिकता, इमान्दारिता र बफादारितालाई मुलमन्त्र बनाउदै संगठनमा रहेको प्रणाली र पद्धतीलाई आत्मसाथ गर्दै चेन अफ कमाण्डमा रहि संगठनलाई निष्ठावान, आर्थिक अनुशासनयुक्त भ्तजष्अब िन्यखभचलबलअभ को दृष्टान्तको रुपमा संगठनलाई स्थापित गर्ने कार्यमा लाग्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
संगठनका हरेक राष्ट्रसेवक कर्मचारीहरु एकजुट भई संगठनले लिएको लक्ष्यप्राप्तीमा अग्रसर रहन निर्देशन दिनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो– ‘राष्ट्रले जिते हामी सबैले जित्छौ भन्ने मर्मलाई ध्यानमा राखी सबैले एक तन एक मन भएर कर्तव्य निर्वाह गर्नु आजको आवश्यकता भएकोले गर्न नसकिने भन्ने केही छैन, हामी गर्छौ, म गर्छु भन्ने प्रतिबद्धता हामी सबैमा आउनु आवश्यक छ ।’
विशेष कार्यक्रममा महानिरीक्षक राजु अर्यालले ‘वर्ष जवान–२०८०’ घोषित सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीका सशस्त्र प्रहरी सहायक हवल्दार विष्णुप्रसाद न्यौपानेलाई ‘वर्ष जवान’को ट्याग प्रदान गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणका क्रममा देशभरका इकाईहरुबाट यस वर्ष सर्वोत्कृष्ट इकाई हुन सफल सशस्त्र प्रहरी बल, नेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. १९ बगलामुखी (विशेष कार्यदल) गण काठमाडौं र नं. ३ म्याग्लुङ्ग गुल्म तेह्रथुमलाई ‘रनिङ्ग अवार्ड’ प्रदान गर्नुभयो ।
यसैगरी महानिरीक्षक अर्यालले संगठनको नाम उच्च राख्न विशिष्ट एवं उल्लेखनिय कार्य गर्नुहुने सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेललाई ‘एपीएफ सम्मान’का साथै सशस्त्र प्रहरी बल नेपाललाई अनुकरणीय सहयोग पु¥याउँदै आउनु भएका विभिन्न संघसंस्था तथा महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभएको छ । त्यस्तै अवकाश प्राप्त सशस्त्र प्रहरीहरुलाई सेवाकालिन योगदानको उच्च कदर गर्दै आगामी दिनमा सुझाव र सहकार्यको अपेक्षाका साथ कदरपत्र प्रदान गर्नुभएको छ ।
यसैगरी संगठनलाई अनुकरणीय योगदान पु¥याउनुहुने नेपाली सेना, नेपाल प्रहरी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य विभिन्न संघसंस्थाका महानुभावहरुका साथै देशभरका सशस्त्र प्रहरी इकाईहरुमा कार्यरत रहि विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई कदरपत्र सहित क्ष्न् ब्एँ ऋयmmभलमबतष्यल ब्याज प्रदान गर्नुभएको छ भने कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गर्नुभएका सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतीमा अक्षय कोष खडा गरी सो बापत प्राप्त हुने ब्याजबाट प्रत्येक बर्ष १ जनालाई बार्षिक २५ हजार रुपैयाँ राशीको ‘बेस्ट इ्िरन्टग्रिटी अफिसर अवार्ड’ प्रदान गर्ने घोषणा अनुरुप यस वर्षको बेष्ट इन्टिग्रिटी अफिसर अवार्ड सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप राईलाई प्रदान गर्नुभएको छ ।
कर्तव्य पालनाको सिलसिलमा शारिरीक रुपमा अंगभंग भई अशक्त अवस्थामा रहेका ६ जनालाई एक तह विशेष बढुवा प्रदान गरिएको छ । सशस्त्र प्रहरी नायव निरीक्षक १ जना, सहायक निरीक्षक २ जना, बरिष्ठ हवल्दार २ जना र हवल्दार १ जनालाई महानिरीक्षक अर्यालले आयोजित समारोहका वीच दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । समारोहमा सम्माननीय राष्ट्रपतिज्यूबाट संविधान दिवसका अवसरमा घोषित बिभूषणहरुमध्ये सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अलंकार र पदक प्राप्त गर्ने ३५ जना राष्ट्रसेवकहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोही समारोहमा बिभूषणबाट सुशोभन गर्नुभयो भने वार्षिक चाँदमारी प्रतियोगितामा उत्कृष्ट फायरर भएका ४ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
सोही अवसरमा सशस्त्र प्रहरी बल नेपालले पहिलोपटक आयोजना गरेको ‘राष्ट्रव्यापी खुला कविता प्रतियोगिता’मा उत्कृष्ट १० स्थान हासिल गर्न सफल कविहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुको साथै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टलाई ट्राफिक प्रहरीले प्रयोग गर्ने गरी एक हजार थान गोर्खा पोलोराइज्ड कालो चस्मा प्रदान गर्नुभएको छ ।
२३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट सशस्त्र प्रहरी कर्मचारीहरुहरुको हकहितमा घोषणा भएका केही कल्याणकारी कार्यक्रमहरु:-
क) दर्जा अनुसार कल्याणकारी सेवा केन्द्रबाट उपलब्ध गराउँदै आएको सहुलियत ब्याजदरको नगद ऋण रकमको दायरालाई बृद्धि गर्दै राष्ट्रसेवकहरुले साविकमा पाउँदै आएको रकममा १ लाख रुपैयाँ थप गरिएको ।
ख) सहुलियत ऋण सुविधा प्राप्त गर्ने सेवा अवधी नपुगेका राष्ट्रसेवकहरुको लागि निजको आश्रित परिवारको कुनै सदस्यको बिवाह, ब्रतबन्ध, गुन्यूचोली, काजकिरिया आदि जस्ता धार्मिक तथा सामाजिक कार्यका लागि रु. ५० हजार सम्म सहुलियत ब्याजदरमा नगद ऋण प्रदान गरिने ।
ग) प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपमा परी बासस्थान क्षति भएका ५ बर्ष सेवा अवधी पुगेका राष्ट्रसेवकहरुले आवास बनाउन ईच्छुक भएमा निजहरुलाई बार्षिक ४ प्रतिशत व्याजदरमा न्यूनतम् ५ लाख देखि अधिकतम् १० लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराईने ।
घ) कर्तव्यपालनका सिलसिलामा घाईते तथा अंगभंग भएका बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुलाई राहत स्वरुप बार्षिक ४ प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराईने । आवश्यकता अनुसार अपाङ्गमैत्री सामाग्रीहरु खरिद गर्न निब्र्याजी १ लाख रुपैयाँसम्म सापटी उपलब्ध गराईने ।
ङ) चुनौतीपूर्ण कार्यक्षेत्रमा कर्तव्य पालनाकै सिलसिलामा मृत्युवरण गर्ने राष्ट्रसेवकका २ बर्षमूनिका नाबालकलाई पोषिलो आहार कार्यक्रम अन्तर्गत मासिक २ हजार उपलब्ध गराईने व्यवस्था गरिएको ।
च) राष्ट्रले निःशुल्क वितरण गरिने भनि तोकिएका बाहेक गुणस्तरीय औषधी तथा औषधीजन्य पदार्थहरु सर्वसुलभ र सहुलियत दरमा उपलब्ध गराउन नेपाल एपीएफ अस्पतालको हातामा सःशुल्क फार्मेसी सञ्चालनमा ल्याईने ।
छ) आगामी शैक्षिक सत्रबाट सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा नेपाल एपीएफ स्कूल सञ्चालनको लागि आवश्यक प्रक्रिया शुरु गरिएको ।
ज) चितवनको आँपटारीमा चालु आर्थिक बर्षबाटै एपीएफ मौला कालिका फ्यूल स्टेशन सञ्चालनमा ल्याउन आवश्यक निर्माण प्रक्रिया अघि बढाईने ।
झ) प्रत्येक बाहिनी तथा गणस्तरमा सामुदायिक र निजी विद्यालयहरुबीच विभिन्न शैक्षिक प्रतियोगिताहरु सञ्चालन गरी उत्कृष्ट विद्यालय एवं छात्रछात्राहरुलाई उचित सम्मान र पुरस्कारको व्यवस्था मिलाईने ।
ञ) प्रचलित कानून बमोजिम भूमिहिनको परिभाषा भित्र पर्ने ७ बर्ष सेवा अवधि पूरा भएका सशस्त्र प्रहरी राष्ट्रसेवकहरुलाई अधिकतम् १० लाख रुपैयाँसम्म निब्र्याजी मासिक किस्ताबन्दीमा ऋण सुविधा उपलब्ध गराईने ।
ट) सशस्त्र प्रहरी सेवाबाट सेवानिवृत्त भई स्वदेशमै व्यापार, व्यवसाय, कृषी, पशुपालन वा स्वरोजगारमूलक उद्योग सञ्चालन गर्ने मध्येबाट उत्कृष्ट उद्यमी छनौट गरी ‘उत्कृष्ट उद्यमशिलता पुरस्कार’ बाट सम्मान गर्नुका साथै उत्पादित मालबस्तुको बजारीकरणमा समन्वय र सहयोग गरिने ।
ठ) पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुका सन्ततीहरु मध्येबाट योग्यता र दक्षता पुगेका सन्ततीलाई नियमानुसार नेपाल एपीएफ स्कूलमा अध्यापकको रुपमा रोजगारीको व्यवस्था मिलाईने ।
ड) सम्मानजनक अवकाशको क्रममा रहेका राष्ट्रसेवकहरुलाई लक्षित गरी अवकाश पश्चात् आत्मनिर्भर हुनसक्ने गरी सिटिभिटीसँग आवश्यक समन्वय गरी विभिन्न सीपमूलक तथा आयमूलक प्राविधिक तालीमहरु सञ्चालन गरिने । उक्त तालीमहरुमा अवकाश प्राप्त राष्ट्रसेवकहरुका लागि पनि आवश्यक कोटा उपलब्ध गराईने ।
ढ) राष्ट्रिय बाणिज्य बैँकबाट बिनाधितो सहुलियत ब्याजदरमा पेशाकर्मी सरल कर्जा उपलब्ध हुँदै आईरहेकोमा बिल्लादार, जवान तथा अन्य दर्जाका राष्ट्रसेवकहरुलाई १ महिना भित्र स्वीकृत हुने गरी न्यूनतम् १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउनेतर्फ आवश्यक पहल गरिने ।
ण) कर्तव्य पालनाकै सिलसिलामा मृत्युवरण गरेका सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतीमा निश्चित रकमको अक्षय कोष खडा गरी सो बापत प्राप्त हुने ब्याजबाट प्रत्येक बर्ष १ जनालाई बार्षिक २५ हजार राशीको ‘बेस्ट इ्िरन्टग्रिटी अफिसर अवार्ड’ प्रदान गरिने व्यवस्था मिलाईएको ।
त) राष्ट्रसेवकहरुलाई कानूनी उपचारका लागि आवश्यक परामर्श प्रदान गर्न ीभनब िक्गउउयचत ऋभलतचभ को स्थापना गरिने ।
थ) राष्ट्रसेवकहरुको स्वास्थ्यस्थितिको निगरानी हेतु प्रत्येक ६ महिनामा सम्बन्धित युनिटमै अनिवार्य स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाईएको ।
आम सर्वसाधारणलाई जिम्मेवार र जवाफदेही बनाई सशस्त्र प्रहरीसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्य सहित अब सीमा सुरक्षा तथा बिकास कार्यक्रम द्ययचमभच म्भखभयिऊभलत एबिल अन्तर्गत सञ्चालनमा ल्याईएका केही कल्याणकारी कार्यक्रमहरु ः–
क) सीमा इलाकामा बसोबास गर्ने आदिबासी जनजाति, दलित, अल्पसंख्यक, अति बिपन्न, पिछडिएको क्षेत्र÷वर्ग एवं सीमान्तकृत समुदायका छात्रछात्राहरुले सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा (ब् तथा ब्ं) ग्रेडिङ्ग हाँसिल गरी उतीर्ण हुने १५ जनालाई बार्षिक १२ हजारका दरले शैक्षिक बृत्ति प्रदान गरिने व्यवस्था मिलाईएको ।
ख) नेपालसँग अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा बसोबास गर्ने आम नागरिकका सन्ततीहरुबाट २ जनालाई नेपाल एपीएफ स्कूलमा कक्षा १० सम्म निःशूल्क अध्ययनको व्यवस्था मिलाईने ।
ग) अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा बसोबास गर्ने ५ बर्ष सेवाअवधी पुगेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई बार्षिक ४ प्रतिशत ब्याजदरमा न्यूनतम् ५ लाखदेखि अधिकतम् १० लाख रुपैयाँसम्म सहुलियत आवास कर्जा उपलब्ध गराईने ।
घ) कल्याणकारी सेवा केन्द्र र नेपाल एपीएफ अस्पतालले सरोकारवालाहरुसँग आवश्यक समन्वय गरी सीमा लक्षीत प्रदेशस्तरीय बृहद् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने ।