सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

प्रहरीकोमा गौशाला–२६ को उजुरी

शुक्रबार, पुष २७ २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी दिएकी पीडित गौशाला– २६ (परिवर्तित नाम) ले आफ्ना तस्वीर सामाजिक सञ्जालमा हाल्नेविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् ।

उनले बिहीवार आफैँ उपस्थित भएर कारबाहीको माग गर्दै उजुरी दिएको ब्युरोका प्रहरी निरीक्षक राजकुमार खड्गीले जानकारी दिए ।

बलात्कार मुद्दामा लामिछाने दोषी ठहर भएर ८ वर्ष कैदको फैसला आएसँगै गौशाला २६ का तस्वीर नामसहित सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । यसो गर्नेहरूविरुद्ध कारबाहीको माग गर्दै पीडित प्रहरीकहाँ पुगेकी हुन् ।

केही दिनयता गौशाला–२६ को फोटो भन्दै सञ्जालमा भाइरल भइरहेको छ ।

गौशाला–२६ लाई बलात्कार गरेको ठहर गर्दै यस मामिलामा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय फैसला गरेको थियो ।