सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद

बुधबार, पुष २५ २०८०

काठमाडौं । सीआईबीको टोलीद्वारा मंगलबार साँझ पक्राउ परेका रामबहादुर बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद भएको सीआईबीका एक उच्च अधिकारीले बताए ।

बुढानीलकण्ठको हात्तिगौंडास्थित उनी बसिरहेको घरमा छापा मारेर प्रहरीले विभिन्न मुलुकका मुद्रा बरामद समेत गरेको उनले बताए । प्रहरी अधिकृतका अनुसार उनको घरबाट अमेरिकन डलर, थाई, क्यानडियन लगायतका मुद्रा बरामद भएका छन् ।

त्यसबाहेक उनको घरबाट १५ वटा मोबाइल, ३ ल्यापटप पनि बरामद भएको उनले बताए । बम्जन मंगलवार साँझ पक्राउ परेका थिए ।

सीआईबीले केही वर्षयता निरन्तर उनको खोजी गरिरहेको थियो । सीआईबीको टोलीले उनलाई काठमाडौंको बूढानीलकण्ठबाट १८ दिनको रेकीपछि मंगलबार पक्राउ गरेको थियो ।

पक्राउ परेपछि बोम्जनले घरको दुई तलामाथिबाट हामफालेर भाग्ने प्रयास गरेका थिए । यद्यपि, प्रहरीले उनलाई नियन्त्रणमा लियो ।