बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषधसहित पक्राउ

मंगलबार, पुष १७ २०८०

उदयपुर – बेलका नगरपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय २० मिलिग्राम, चरेस ४ ग्राम १ सय ९० मिलिग्राम र ईस्पास्मो १५ ट्याब्लेटसहित चौडण्डीगढी नगरपालिका–१ बेलटार बस्ने २६ वर्षीय योगेन्द्र खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।