सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

पशुपति कोषको नियुक्ति सरकारलाई ‘गलपासो’ !

मंगलबार, पुष १७ २०८०

काठमाडौं – पशुपति विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त क्रिश्चियन लक्ष्मी पुनलाई नियुक्ति गरिएको भन्दै हिन्दुवादी धार्मिक संघ संगठनले विरोध चर्काइरहेका बेला संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नियुक्तिको कागजात मागेको छ । राजनीतिक कार्यकर्ता थन्को लगाउने नाममा सरकारले पुनलाई चार बर्षका लागि कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

संसदीय समितिले सत्तारुढ नेकपा माओवादी केन्द्रकी नेतृ समेत रहेकी पुनलाई कोषको निर्देशक बनाउने क्रममा पेश गरिएका कागजात उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो । सनातनी धर्मका अभियान्ताहरुले पुनले अंगीकार गरेको राजनीतिक दर्शनले करोडौं हिन्दु तथा बौद्धहरुको आस्थाको केन्द्रका रुपमा रहेको पाशुपत क्षेत्रको कार्यकारी निर्देशक हुन अयोग्य रहेको बताउँदै विरोध गरिरहेका छन् । यद्धपी पुनले भने आफु हिन्दु नै रहेको जिकिर गरेकी छन् ।

तर विश्वभरका हिन्दु तथा बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्र आराध्यदेव पशपतिनाथमा उक्त सम्प्रदायसँग असम्बन्धित पात्र नियुक्त गरिएको दाबी सनातनी धर्मका अभियान्ताले गर्दै आएका छन् । योगी, साधु, स्वामी, सन्सासी, सन्त, महन्त समेत नियुक्ति उल्ट्याउन सडकमा उत्रिए । संसदीय समितिले समेत पुनको योग्यतामाथि गंभिर प्रश्न खडा गर्दै प्रमाण मागेपछि कोषका कार्यकारी निर्देसक नियुक्ति प्रकरणले नयाँ मोड लिएको छ ।

माओवादीले युद्धका बेला संस्कृत भाषाको अध्यन अध्यापनमा प्रतिबन्ध लगाउँदै पाठ्यपुस्तक समेत जलाउने काम गरेका थिए । संस्कृतसँग जोडिएको आराध्यदेव पशुपतिनाथमा विधर्मीलाई नियुक्त गरिएको आरोप लागेको छ । माओवादी पार्टीकी हाल केन्द्रीय सदस्य समेत रहेकी पुनलाई पशुपति क्षेत्रमा दिइएको नियुक्ती तत्काल खारेज हुनुपर्ने माग हिन्दु धर्मका अगुवाहरूले गर्दै आएका छन् । पुन माओवादीले सुरु गरेको दशबर्षे युद्धमा प्रत्यक्ष सहभागी पत्रकार र सक्रिय कार्यकर्ता थिइन् ।

कोषको आदर्शप्रति आस्था र विश्वास नहुने व्यक्तिबाट कसरी संस्थाको हित रक्षा हुन्छ भन्ने प्रश्न समेत उठ्दै आएको छ । यसरी हिन्दु धर्मसँग सम्बद्ध अन्य संघसंस्था तथा वैदिक सनातन धर्मका पक्षपातीहरुले उनको नियुक्ति खारेजी गर्न माग गरिरहेका बेला संसदीय समितिले समेत योग्यतामाथि प्रश्न उठाएको हो ।

पुनको नियुक्तिलाई लिएर अग्रज पत्रकार एवम् हिन्दुराज्यका अभियन्ता देवप्रकास त्रिपाठीले कडा प्रतिबाद गरेका छन् । उनले विगतमा हिन्दुहरुको आस्थाको केन्द्र पशुपति परिसरमा क्रिश्चियनहरुको समाधिस्थल बनाउने मुद्दा बोकेर हिँडेकाले अनुपयुक्त मात्रै होइन, उनको नियुक्तिले करोडौं सनातनीहरुको भावनामा चोट पुर्याएको बताएका छन् । पुन गैरहिन्दु भएको प्रमाणित नभए पनि उनका क्रियाकलाप हिन्दु धर्म विरोधी रहेको ठोकुवा त्रिपाठीको छ ।

हिन्दुहरुको आस्थाको प्रतीकका रुपमा रहेको पशुपति क्षेत्रको नेतृत्व गर्न नैतिक रुपले समेत नमिल्ने तर्कहरु पनि उठेका छन् । एकाथरीले सनातन धर्म मास्ने योजना अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पुनलाई नियुक्ति दिलाएको दाबीसमेत उनीहरुको छ ।

निर्देशक पुनले भने आफूमाथि लागेको आरोप निराधार रहेको बताउँदै मगर समुदायको मौलिक परम्परा प्रकृति पुजक रहेको र आफु हिन्दु रहेको प्रश्टीकरण दिइरहेकी छन् । संसदीय समितिको बैठकमा विभिन्न दलका सांसदहरूले पुनलाई पशुपति क्षेत्र विकास कोषको निर्देशकमा गरिएको नियुक्तिबारे प्रश्न उठाएपछि प्रमाण मागिएको हो । सांसद राजकिशोर यादव सभापति रहेको समितिले तीन दिनभित्रै कागजात उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोशलाई निर्देशन दिएको छ । पुन गत ४ पुसमा बसेको परिषद् बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्ताव अनुरुप पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।

पुनलाई विशिष्ट श्रेणी नेपाल सरकारको सचिव सरह सेवा सुविधा पाउने गरी चार वर्षका पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो । उनको सांसदहरुले उनको योग्यतामा समेत गंभिर प्रश्न उठाएका छन् । उनको विवादास्पद नियुक्तिले संसदीय समितिमा समेत प्रवेश पाएको छ ।

छोटो समयमै चरम विवादमा फसेको छ । पत्रकार महासंघकी पुर्व सचिव पुन माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा प्रेस संयोजक थिइन् । पुनको गृह जिल्ला पनि रुकुम भएका कारण शर्मासँगको निकटता र भनसुनमा कार्यकारीकारी निर्देशक बनाइएको भनाई माओवादी निकटस्थहरुको छ । साँघु साप्ताहिकaf6