बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने पक्राउ

शुक्रबार, पुष १३ २०८०

सल्यान । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै सर्वसाधारणबाट रकम असुली गरेको आरोपमा त्रिवेणी गाउँपालिकामा एकजना पक्राउ परेका छन्।

जागिरको प्रलोभनमा पारी ६ जनाबाट ३ लाख रुपैयाँ ठगी गरेको आरोपमा सल्यान कालिमाटी गाउँपाकिला २ कट्विरका २५ वर्षीय भोला पुन मगर पक्राउ परेका हुन्।

उनलाई प्रहरीले सल्यान त्रिवेणी गाउँपालिका ६ लुहामबजारबाट नियन्त्रणमा लिएको हो।

कालिमाटी २ टाट्केका सुशील कुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेश कुमार केसीलाई जवान र असईमा भर्ना गरी जागिर खुवाई दिने लोभमा परी प्रतिव्यक्ति ५० हजारका दरले ३ लाख ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले बताए ।