बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

बुधबार, पुष ११ २०८०

काठमाडौं । आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सबै सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पठाउन निर्देशन दिएको छ ।

पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएकाे हाे ।

नेपालमा सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको दिनको अवसर पारेर ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो ।

नेकपा एमालेको सरकार ०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।

०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरू गरेको थियो ।

१ सय रुपैयाँबाट सुरु भएको मासिक भत्ता सरकारले अहिले ४ हजार रुपैयाँ पुर्‍याएको छ ।