आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

उच्च अदालत र इजलासमा पनि स्वचालित पेशी तारेख सुरु

आइतबार, पुष ८ २०८०

काठमाडौं । सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन सुरु भएको छ ।

पाटन उच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले यसको शुभारम्भ गरेका छन् ।

यसअघि गोला प्रथाबाट पेशी तोकिन्थ्यो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।

प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गराएका थिए ।

सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराएका थिए ।