आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सन्दीपको मुद्दामा बहस सुरु, आजै फैसला आउने सम्भावना कति ?

आइतबार, पुष ८ २०८०

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको जबर्जस्ती करणीको मुद्दामा फैसला बहस सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा बहस आरम्भ भएको हो ।

सुरुमा जाहेरवालातर्फबाट सरकारी वकिलले बहस गरिरहेका छन् । त्यसपछि सन्दीपको तर्फबाट बहस हुने छ ।

आजै फैसला आउने सम्भावना कम रहेको स्रोतले बताएको छ ।

यसअघि पनि फैसलाका लागि भनेर पटक पटक पेसी तोकिए पनि विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको छ ।

पछिल्लो पटक गत मङ्सिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए ।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।