बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका स्वीकृत

बिहिबार, पुष ५ २०८०

काठमाडौं – सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख को प्रयोजनका लागी राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्यामध्ये शुन्य दशमलव ५ प्रतिशत भन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाती (दलित बाहेक)लाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय गरेको छ।

बैठकले अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गरिएको प्रवक्ता शर्माले बताइन्। त्यस्तै बैठकले राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गरेको शर्माले जानकारी दिइन्।