माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि प्रमाणित भयो
काठमाडौं । विवादास्पद अभिव्यक्तिका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको चौतर्फी आलोचना भईरहेको छ ।
उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए ।
बुधबार राजधानीमा भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु सरह भएको बताएका थिए । उनले संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको समेत बताएपछि उनको चौतर्फी आलोचना भईरहेको छ ।
मन्त्री किराँतीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउादै नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले थुन्नै पर्ने देशद्रोही (अरू धर्म मान्ने) को संख्या करिब ९८ प्रतिशत रहेको उल्लेख गर्दै उनीहरुलाई थुन्न कत्रो जेल बनाउँला त ? भन्ने व्यङ्ग्यात्मक जिज्ञासा राखेका छन् ।
‘संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु,बौंध्द,मुस्लिम आदी) करीब ९८% रहेछ। माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि प्रमाणित भयो। धर्म ब्यक्तिगत स्वतन्त्रता हो।तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान।’ बाँस्कोटाले भनेका छन् ।