काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनको हलमा बुधबार मध्याह्नबाट बैठक सुरु भएको हो ।
प्रधानमन्त्रीको निजी सचिवालयले मन्त्रिपरिषदको नियमित बैठक बसेको जानकारी दिएको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष पनि सिंहदरबारमा पश्चिमतर्फको (रेट्रो फिटिङ भएको) भागमा सारिएको थियो ।
२०७२ को भूकम्पले क्षति पुगेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रबलीकरण शहरी विकास मन्त्रालयले गरेको थियो ।
यसअघि प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनर्निर्माण गरिएको सिंहदरबारको भागको संयुक्त रुपमा अवलोकन समेत गरेका थिए ।