बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

शुक्रबार, मंसिर २९ २०८०

काठमाडौं- सप्तरीको सुरुङ्गा नगरपालिका–७ पोखरियास्थित सडकमा स.१ त ७४७३ नम्बको ट्रयाक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० वर्षीय रामनारायण साहको मृत्यु भएको छ । खेत जोत्न जाने क्रममा अचानक दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–१५ गोबरियास्थित सडकमा म.२ प ३१६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–१६ मझगाँउ बस्ने २३ वर्षीय दिपेन्द्र भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।