काठमाडौं- काठमाडौंको गोकर्णेश्वोर नगरपालिका–७ दक्षिणढोका डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका–१० घर भएका ४२ वर्षीय मनिष समाल मगर आफ्नै कोठा नजिकै रहेको भर्याङिमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं तार्केश्वर नगरपालिका–१ साङ्ला भत्केकोपुल नजिक खुल्ला चौरमा नवजात शिशुको शव सडेगलेको अवस्थामा बुधबार फेला परेको छ ।
मोरङको सुनबर्सी नगरपालिका–६ झपडतल बस्ने ५५ वर्षीय बल बहादुर कार्की सोही ठाउँस्थित छिमेकीको घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।