आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमालेको संकल्प यात्रालाई रुख ढालेर बाटो अवरोध गर्ने आठजना पहिचानवादी पक्राउ

मंगलबार, मंसिर २६ २०८०

विराटनगर ।  एमालेको संकल्प यात्रालाई अवरोध गरेको आरोपमा प्रहरीले आठजना पक्राउ गरेको छ ।

ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीका आठजनालाई प्रहरीले पक्राउ गरेको हो ।

सङ्कल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा तयार पारिएको घुर्मी–हर्कपुर आउने कार्यक्रम छ ।

गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आज पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै कोशी प्रदेश प्रवेश गर्न लागेको हो ।

सो कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीहरुले बन्दको आह्वानसमेत गरेका छन् ।

बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।