बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धादिङमा भूकम्पको धक्का

आइतबार, मंसिर २४ २०८०

काठमाडौं । धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।

भूकम्पका कारण के कति क्षति भयो भन्ने बारे हालसम्म कुनै विवरण भने प्राप्त भएको छैन ।