काठमाडौं- काठमाडौं महानगरपालिका–१ गैह्रीधाराबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३० ग्राम ३३ मिलिग्रामसहित सोही महानरपालिका–७ चाबहिल बस्ने रूकुम पश्चिम बाफीकोट गाउँपालिका–८ घर भएका ४१ वर्षीय डण्ड बहादुर खत्रीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिरहाको लहान नगरपालिका–८ मखन भोग होटलबाट अवैध लागूऔषध खैरो हिरोईन ४९ ग्राम ९ सय मिलिग्रामसहित बरियारपट्टी गाउँपालिका–१ बडहरी बस्ने ४६ वर्षीय ग्रिस प्रसाद यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र प्रहरी चौकी लहानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सर्लाहीको हरिपुर नगरपालिका–६ बस्ने ३३ वर्षीय जाकिर मंसुर र सोही नगरपालिका–८ बस्ने ५८ वर्षीय जुगेश्वर दास कथबनियालाई अवैध लागूऔषध गाँजा ४ केजी ७ सय ग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । हरिपुर नगरपालिका–२ स्थितबाट २ सय ग्राम गाँजासहित जाकिर मंसुरलाई ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा जाकिर उक्त गाँजा जुगेश्वर दास कथबनियाबाट खरिद गरी ल्याएको खुल्न आएपछि प्रहरीले जुगेशवर दासलाई ४ किलो ५ सय ग्रामसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।