बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

विभिन्न हातहतियार सहित पक्राउ

शुक्रबार, मंसिर २२ २०८०

काठमाडौं- काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका–१३ कालिमाटी डेरा गरी बस्ने सर्लाही घर भएका २२ वर्षीय कुशल मल्लिक, ललितपुर महालक्ष्मी नगरपालिका–४ ईमाडोल डेरा गरी बस्ने काभ्रे धुलिखेल घर भएकी २८ वर्षीया काँजल मल्लिक समेत ४ जनालाई हातहतियारसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । कुशलले हातहतियार बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका–१४ नैकापबाट उनलाई पक्राउ गरेको र थप अनुसन्धानको क्रममा काँजलको कोठामा गितारको कभरमा लुकाई राखेको अवस्थामा मेड ईन युएसए लेखेको टुटु बोरको राईफल १ थान र दुई नाले टोटावाल बन्दुक १ थान बरामद गरी उनीहरूलाई

नियन्त्रणमा लिएको हो ।
बर्दियाको गुलरिया नगरपालिका–४ रामपुर टापु बस्ने ६५ वर्षीय गोपाल सिंह रानाक्षेत्रीलाई भरूवा बन्दुक १ थानसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीको घरमा अवैध हतियार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई घरमा लुकाई राखेको उक्त बन्दुकसहित पक्राउ गरेको हो ।
पर्वत, मोदी गाउँपालिका–६ गिज्याङस्थित गिज्याङ सामुदायिक वनबाट भरुवा बन्दुक १ थानसहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रशान्त नेपाली र धादिङ घर भएका ३० वर्षीय गर्ज घलेलाई गएराति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।