काठमाडौं- सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका–३ भेडाबारीमा सोही ठाउँ बस्ने १७ वर्षीय फुलकाजी तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तु, बुद्धभूमि नगरपालिका–१० स्थित चेतरादेही सामुदायिक वनको बाणगंगा खोला बगरको बयर घारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।