आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आइतबार, मंसिर १७ २०८०

काठमाडौं- सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाईलस्थित सोही नगरपालिका–१३ भोर्लेनी बस्ने शम्भु यादवको रिना मोटरसाईकल वर्कसपमा शनिबार साँझ आगलागी हुँदा मोटर पार्टस तथा पुराना मोटरसाइकलको पार्टस जलेर करिब ५ पाँच लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–६ फुलटेग्रास्थित सोही उपमहानगरपालिका– ४ न्युरोड बस्ने महमद उमरको गौसिया स्केप सेन्टर (कवाडी पसल) मा आइतबार बिहान आगलागी हुँदा कवाडी सामानहरू जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।