आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

महामन्त्री विश्वप्रकाश शर्मा

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब प्रधानमन्त्रीको दौडमा दौडनु हुँदैन

शनिबार, मंसिर १६ २०८०

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले पाँच पटक प्रधानमन्त्री भइसकेका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने दौडमा सहभागी नभएर युवाहरूलाई अगाडि सार्नुपर्ने बताएका छन् । उनले सभापति देउवाले प्रधानमन्त्रीमा अरुलाई नै अगाडि सारेर शालिनता देखाउनुपर्ने बताए ।

कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री शर्माले सभापति देउवा प्रधानमन्त्रीको दौडमा लाग्न नहुने बताए । ‘सभापति ज्यू शालिन र सह्रृदयी हुनुहुन्छ । कमैया, मधेश र एकताकाको विद्यार्थी आन्दोलन उहाँले सफल पार्नुभयो,’ देउवालाई महामन्त्री शर्माले आग्रह गरे, ‘५–५ पटक प्रधानमन्त्री हुनुभयो, अब प्रधानमन्त्रीको दौडमा दौडनु हुँदैन । अब शालिनता देखाएर समकालीन कोही छ भने जाऊ, नत्र युवाहरू अगाडि बढ भन्नुपर्छ ।’

त्यस्तै, जनताले बदलिएको कांग्रेस र बदलिएको नेतृत्व हेर्न चाहेको पनि शर्माको भनाइ थियो । कांग्रेस सांसदसमेत रहेका महामन्त्री शर्माले नागरिकले अवस्थामा परिवर्तनको अपेक्षा गरेको धारणा राखेका थिए । उनले गणतन्त्रमा कतिपय कुरा कमजोरी भए पनि जनताको जीवनमा परिवर्तन भइरहेको बताए । ‘देश बनेको छैन, केही भएन भन्नेहरू होसियार,’ उनले भने, ’भगवान् गौतम बुद्धको आशीर्वाद प्राप्त देश हो । अब कांग्रेस कार्यकर्ताहरूले हामीले बनाउने हो भन्ने अभियान चलाउनुप र्छ ।’

९ प्रतिशतको घरमा बत्ती बालेको राजाको शासनबाट अहिले ९५ प्रतिशत घरमा बजिुली पु¥याएको, विकासका ढोका खुलेको बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले धेरै काम सम्भव गरेको शर्माको भनाइ थियो । जनताको मानसिकता बुझ्दै अब कांग्रेस पनि बदलिनुपर्ने उनको भनाइ थियो । संगठन र संगठनको शैली बदल्न सभापति देउवा तयार हुनुपर्ने उनको आग्रह थियो ।