आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमाले महाकाली-मेची अभियान : मध्यपहाडी लोकमार्गको दूरी छोटो बनाउन विज्ञहरुसहितको टोली परिचालन

शनिबार, मंसिर १६ २०८०

काठमाडौं । नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको दूरी छोट्याउन अध्ययनका लागि इन्जिनियहरुसहितको टोली परिचालन गरेको छ ।

मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गअन्तर्गत आसपासका क्षेत्रहरुमा नागरिकसँग जोडिने अभियान थालेको एमालेले मध्यपहाडी लोकमार्गको दूरी छोटो बनाउनका लागि विज्ञहरुसहितको टोली परिचालन गरेको छ ।

पार्टीका उपाध्यक्ष विष्णु पौडेलले अभियानमा इन्जिनियहरुसहित जाने र लोकमार्गको दूरी छोटो बनाउने उपाय र आधारबारे अध्ययन गर्ने बताएका छन् ।

मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा पनि डबल लेनमा स्तरोन्नति गर्नेतर्फ अभियानले ध्यान दिने बताइन्छ ।

लोकमार्गका ठाउँठाउँमा सुरुङ मार्गको डिजाइन गरेर भएपनि लोकमार्गको दूरी छोटो बनाउने बारेमा एमालेले अभियानका क्रममा अध्ययन गर्ने छ ।

दार्चुलाका बासिन्दा काठमाडौं आउँदा कैलाली झरेर नभइ मध्यपहाडी लोकमार्गबाट नै आउनसक्ने र पाँचथर, ताप्लेजुङका जनता काठमाडौं आउँदा झापा नझरी काठमाडौं आउनसक्ने गरि पुष्पलाल लोकमार्गको विकास गर्ने उद्देश्य रहेको उपाध्यक्ष पौडेलको भनाइ छ ।

नेकपा एमालेले मंसिर १४ गतेबाट महाकाली—मेची अभियान शुरु गरेको हो । पाँचथरको चियो भञ्ज्याङबाट शुरू हुने मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला हुँदै बैतडीको झुलाघाटमा पुगेर टुङ्गिन्छ ।

लोकमार्गलाई अझै छोट्याउने, डेडिकेटेट एक्सप्रेस हाइवेको रूपमा विकास गर्ने तथा आवश्यक ठाउँमा सुरुङ खन्ने लगायतका कामको योजना भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले गरिरहेको छ ।