आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा भोलि उच्च अदालतले आदेश सुनाउने

बिहिबार, मंसिर १४ २०८०

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको निवेदनमाथिको सुनुवाइ करिबकरिब सकिएको छ । शुक्रबार खाजा समय अगाडि सबै बहस सकाएर साँझसम्म आदेश आउने सम्भावना रहेको छ ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टकाअनुसार उक्त निवेदनमाथि बुधबार साँझसम्ममा निवेदक प्रतिवादीका कानुन व्यवसायी तथा विपक्षी नेपाल सरकारको तर्फबाट बहस सकिएको थियो । बिहीबार निवेदकहरुका तर्फबाट जवाफी बहस भई साँझसम्म सकाउने भनिए पनि केही कानुन व्यवसायीको जवाफी बहस बाँकी रहेकाले शुक्रबार खाजा समय अगाडि सबैको जवाफी बहस सकाउने तयारी भएको छ ।

खाजा समय अगाडि जवाफी बहस सकिएमा शुक्रबार साँझसम्ममा उक्त निवेदनका सम्बन्धमा आदेश आउनसक्ने अदालतका प्रवक्ता तीर्थराज भट्टराईले बताए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगिएकाहरूको जाहेरीका आधारमा नेपाल सरकारले पूर्व विशिष्ट व्यक्तिहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाएको थियो ।

काठमाडौँ जिल्ला अदालतमा दायर उक्त मुद्दामा अदालतले अभियुक्तहरू तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न नसकिने भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको थियो ।

सोही आदेशविरुद्ध पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतका व्यक्तिहरू उच्च अदालत पुगेका थिए । रिट निवेदकसमेत रहेका प्रतिवादीहरुका तर्फबाट करिब ६० जनाले बहस गरेका छन् ।