विराटनगर महानगरपालिका–६ जनप्रिय टोल बस्ने महेन्द्र सिंहको घरमा मंगलबार राति आगलागी हुँदा करिब २७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । काठपात, लत्ताकपडा, भाडावर्तन र अन्नपात लगायतका सामान जलेर उक्त क्षति भएको हो ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।