बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मृत अवस्थामा फेला

बुधबार, मंसिर १३ २०८०

काठमाडौं- उदयपुर, त्रियुगा नगरपालिका–८ खाट मन्दिर नजिकै सोही नगरपालिका–७ खोरिया टोल बस्ने ६२ वर्षीय गंगा बहादुर दनुवार मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सल्यानको कुमाख गाउँपालिका–३ चिनालीस्थित काट्टोखाने खोलाको भिरमा सोही गाउँपालिका–२ रूमालगाउँ बस्ने ५५ वर्षीय पहेंले रावत मंगलबार मृत अवस्थामा फेला परेका छन् । तनहुँको ब्यास नगरपालिका–१३ कैदिमघाटस्थित सेती मादी मिस्सिएको नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ दोभानटोलस्थित रेल्वे ट्रयाक नजिकै खर घारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।