आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अर्का जर्नेल पनि डामिए

सोमबार, मंसिर ११ २०८०

काठमाडौँ – कडा अनुशासनमा बस्नुपर्ने मुलुकको सार्वभौमसत्ता र अखण्डताको रक्षाका निम्ति अन्तिम शक्तिको रुपमा रहने नेपाली सेना जस्तो संगठन पछिल्लो पटक विभिन्न विवादमा तानिएको छ । जुन गम्भीर चिन्ता र चासोको विषय हो । सुरक्षा क्षेत्रमा थप विश्वासिलो, भरपर्दो र व्यवसायिक बन्नुपर्ने नेपाली सेना जन्म, सेवा प्रवेश र शैक्षिक योग्यताका कागजात शंकास्पद हुनुका किर्ते भएको विवाद पछिल्लो पटक चर्चामा छ । खासगरी कर्णेल (महासेनानी) र त्यसमाथिका सैनिक अधिकृतहरु कतिपय यस्ता विवादमा तानिएपछि सिंगो सैनिक संगठन नै विवादमा परेको छ ।

अहिले उपरथी निर्मल कुमार थापाको शैक्षिक प्रमाणपत्र माथि छानबिन गर्न मंसिर ११ गतेको मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनले भारतको उत्तर प्रदेश गोरखपुरबाट नक्कली सर्टिफिकेट ल्याई त्यसैको आधारमा नेपाली सेनामा प्रवेश गरेको संगिन आरोप लागेको छ ।

उनको प्रवीणता प्रमाण-पत्र तह (आई.ए) को शैक्षिक प्रमाणपत्र भारतको गोरखपुर (सुफोल) हाईस्कुलबाट ल्याइएको २०४० सालमा एसएलसी उर्तीर्णि गरी अमृत साइन्स कलेज लैनचौरमा भर्ना भई प्रथम वर्ष नै अनुतिर्ण भएपछि भारत उत्तर प्रदेश गोरखपुरबाट नक्कली सर्टिफिकेट ल्याई त्यसैको आधारमा २०४३ सालमा नेपाली सेनामा भर्ना भई हाल उपरथि भई सिरियामा कार्यरत छन् ।

आफ्नो सिनियरहरुको पदोन्नती हुने बाटो रोकी विभिन्न संचार माध्यममा भ्रामक कुरा संप्रेषण गरी आफ्नो स्वार्थ सिद्ध गर्न तयार रहेको र पौष ३ गतेबाट रिक्त हुन जाने रथि पदका लागि दाबेदार बनेर बसेको आरोप थापालाई लागेको छ ।

नेपाली सेना प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि आगामी भदौ महिनापछि सकिँदै छ । सँगै, आगामी प्रधानसेनापतिको खोजी सुरु भएको छ । भावी प्रधानसेनापतिको खोजी सुरु भएसँगै लाइनमा रहेकाहरू नक्कली शिक्षक प्रमाणपत्रको लफडामा एक–एक गर्दै फस्न थालेका छन् ।

उपरथी ताराध्वज पाण्डेलाई भावी प्रधानसेनापतिको लाइनमा राखेर सेनाले रथीमा बढुवा सिफारिस गरेको थियो । तर, नक्कली कागजातमा मुछिएपछि पाण्डेले राजीनामा दिइसकेका छन् । सरकारले उनको राजीनामा स्वीकृत पनि गरिसकेको छ ।

पाण्डेले राजीनामा दिएपछि अर्का उपरति अशोकराज सिग्देल प्रधानसेनापति बन्ने लाइन खुलेको थियो । तर, सिग्देल पनि नक्कली प्रमाणपत्रकै कारण प्रधानसेनापतिको लाइनबाट बाहिरिने सम्भावना बढेको छ ।

नेपाली सेनाले सिग्देललाई रथीमा बढुवा सिफारिस गर्दै भावी प्रधानसेनापतिको लाइनमा अघि सार्ने तयारी गरेकै बेला उनी विरुद्ध पनि छानबिनका लागि अख्तियार दुरुपयोगमा अनुसन्धान आयोगमा उजुरी परेको छ ।