जाजरकोट । गत कात्तिक १७ गते आएको भूकम्पले घर गुमाएकी एक सुत्केरीको चिसोको कारण मृत्यु भएको छ ।
भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको हो।
स्थानीय टेकबहादुर नेपालीले करिव एक महिनाकी सुत्केर चदाराको सोमबार राति चिसोबाट मृत्यु भएको जानकारी दिए।
भूकम्पले घर भत्किएपछि उनीसहित परिवार नै त्रिपालमुनी बस्दै आएका थिए ।
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जारजरकोट र रुकुम पश्चिम जिल्लामा गरी १५४ जनाको मृत्यु भएको छ। भूकम्पबाट ३४६ जना घाइते भएका थिए।