आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नर्सिङको लाइसेन्स परीक्षामा ८१ प्रतिशत परीक्षार्थी फेल

सोमबार, मंसिर ११ २०८०

काठमाडौं । नेपालको स्वास्थ्य शिक्षा कमजोर हुँदै छ भन्ने संकेत शनिबार लिइएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले प्रस्ट्याएको छ ।

परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएकामध्ये २४६ जना (१९.३४ प्रतिशत) मात्रै पास भएका छन्।

बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन्।  बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३ प्रतिशत) पास भएका छन्।

नेपालको नर्सिङ लाइसेन्स परीक्षामा यति धेरै परीक्षार्थी असफल हुनुले नर्सिङ पढाइको गुणस्तरमै शंका उब्जिएको छ ।

नेपाल नर्सिङ परिषद्ले शनिबार काठमाडौंका दुईवटा केन्द्रबाट ३४औं लाइसेन्स परीक्षाका लागि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानो भ-याङ र वागमती कलेज सुकेधारा सेन्टर तोकी परीक्षा लिएको थियो ।

परीक्षामा पीसीएलतर्फ सहभागीमध्ये ८१ प्रतिशत अनुत्तीर्ण भएको नतिजा सार्वजनिक भएसँगै पढाइको गुणस्तरमा नै प्रश्न उठेको छ ।