आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काठमाडौंसहित देशभरको न्यूनतम तापक्रम घट्दै

आइतबार, मंसिर १० २०८०

काठमाडौ । राजधानी काठमाडौंको न्यूनतम तापक्रम हिजोको भन्दा आज घटेको छ ।

हिजो न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस रहेकोमा आज १० डिग्रीमा झरेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार नेपालमा अहिले पश्चिमी वायुको प्रभाव परेको छ । यसले गर्दा मौसम बदलीसँगै चिसो हावा चल्न थालेको छ । न्यूनतम र अधिकतम तापक्रम घट्न थालेको छ।

काठमाडौं उपत्यकासहित धेरै जिल्लामा दिउँसोको समयमा न्यानो भए पनि हुम्ला, जुम्ला र जोमसोमको न्यूनतम तापक्रम माइनसमा छ । हुम्ला, जुम्ला र जोमसोम क्षेत्रमा विगत केही दिनदेखि चिसो हावा चलिरहेको छ भने हिमपात पनि भइरहेको छ।

यस्तै, आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली हुने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान गरिएको छ । यस्तै, हिमपातको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।