बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

शुक्रबार, मंसिर ८ २०८०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौंको विभिन्न ठाउँबाट दुर्गा प्रसाईंको अभियान समर्थकहरु ५ जना पक्राउ परेका हुन् ।

प्रहरीमाथि ढुंगामुढा गर्ने प्रदर्शनकारीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले उनीहरूको नाम सार्वजनिक गरिसकेको छैन।

प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काएको र अराजकता फैलाएको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अुनसार अन्यको खोजी भइरहेको छ ।