आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा प्रसाईँ समर्थकद्वारा ढुंगामुढा

बिहिबार, मंसिर ७ २०८०

काठमाडौं । काठमाडौंको बल्खु चोकमा तीनकुने आउँदै गरेका युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा दुर्गा प्रसाईँ समर्थकले ढुंगाप्रहार प्रहार र तोडफोड गरेका छन् ।

कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगाप्रहार भएपछि त्यहाँ झडप समेत भएको छ ।

केहीबेर झडप भएपनि अहिले प्रहरीको सकृयतामा स्थितिमा नियन्त्रणमा आएको छ ।

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ ।

अहिले युवा संघका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा छाएका छन् ।

सहभागीहरुलेभ्रष्टाचार, अपराध लगायतका बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् ।

सडकमा सवारी निकै कम चलेका छन् ।