काठमाडौं । त्रिवि का उपप्राध्यापक प्रेम चलाउनेको मुद्दाको बिहीबार फैसला हुने अपेक्षा गरिएको छ ।
बुधवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा परेको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
सो मुद्दा ३ वर्ष कटिसकेकाले हेर्दाहेर्दैमा राखेर फैसला गर्न लागिएको काठमाडौं जिल्ला अदालत स्रोतले जनाएको छ ।
न्यायाधीश खतिवडाको इजलासमा सुनुवाइ शुरू भएको उक्त मुद्दाको बिहीवार फैसला आउन सक्ने आशा पीडित पक्षले व्यक्त गरेका छन् ।
चलाउनेको पक्षबाट अधिवक्ताहरू ओमप्रकाश अर्याल, सुरेन्द्र भण्डारी, राधिका खतिवडा, बसन्त जोशी, श्रीकान्त बराललगायत ९ जना वकिलले बहस गरेका छन् ।
यस्तै सरकारी वकिलहरू चन्द्रप्रसाद सञ्जेल, दिनेश श्रेष्ठ र श्रीकान्त खनालले पनि बहस गरे। प्रतिवादीको तर्फबाट योगेन्द्रबहादुर अधिकारी, शेरबहादुर केसी, दयानाथ खरेल, उज्ज्वलराज घिमिरेलगायतले बहस गरेका थिए ।
यसअघि गत असोज ९ गते फैसला सुनुवाइ सुरु भएको थियो । तर, न्यायाधीश उत्तम सिलवालले डाक्टर बोलाउने आदेश दिएर फैसलालाई धकेलिदिएका थिए ।
त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका विद्यार्थीबाट सांघातिक आक्रमणमा उनी शक्त घाइते भएका थिए ।