आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मध्य राति काठमाडौंमा भूकम्पको धक्का महसुस

बिहिबार, मंसिर ७ २०८०

काठमाडौं । मध्य राति काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो ।

भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले कडा धक्का महसुस भएको थियो ।