बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अत्यावश्यक काममा मात्रै भोलि सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीको आग्रह

बुधबार, मंसिर ६ २०८०

काठमाडौँ – भोलि आवश्यक काम बाहेक सवारी लिएर ननिस्किन ट्राफिक प्रहरीले आग्रह गरेको छ । युवा संघ नेपालको तिनकुनेमा र दुर्गा प्रसाईँ समूहको बल्खुमा आयोजित भेला कार्यक्रमका कारण काठमाडौं उपत्यकाको सवारी व्यवस्था असहज हुने प्रहरीकाे भनाई छ ।

ट्राफिक प्रहरीले बुधबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले घरबाट निस्किनु अघि ट्राफिक प्रहरीसँग सम्पर्क गरेर सडकको अवस्था जानकारी लिएर निस्किन आग्रह गरेको हो ।

भोलि कार्यक्रमको स्वरूप हेरेर सडकमा सवारी जुनसुकै ठाउँमा पनि डाइभर्सन गर्न सक्ने जानकारी ट्राफिक प्रहरी कार्यालयले दिएको छ।