काठमाडौँ – डिसहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत आगामी हप्ता डिसहोम मेगास्टारको घोषणा हुँदै छ । लक्की ड्र मार्फत मंसिर ११ गते सोमबार डिसहोम मेगास्टारको छनोट हुनेछ । असोज १ देखि मंसिर ११ दिउँसो १२ बजेसम्म डिसहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहक यो योजनामा सहभागी हुन सक्नेछन् ।
यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनी नगद १० लाख, मिडियामा फेमश र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउनेछन् । यसअघि हरेक हप्ता सुपरस्टार बनी नगद रु एक लाख जित्ने डिसहोमका ९ भाग्यशाली ग्राहकको घोषणा गरिसकिएको छ । अब यो योजनाको अन्तिममा मेगास्टार बनी नगद १० लाख जित्ने मौका आएको छ ।
मंसिर ११ गतेसम्म डिटिएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरी यो योजनामा सहभागी हुन सकिनेछ । डिसहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण इमेज च्यानल, डिसहोम सोकेश, रमाइलो टिभी, सरोकार टिभी र डिसहोमको आधिकारिक फेसबुक पेजमा साँझ पाँच बजे गरिने छ ।