शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

आठ सय ८० ग्राम अवैध लागूऔषध चरेशसहित एकजना पक्राउ

सोमबार, मंसिर ४ २०८०

धनगढी उपमहानगरपालिका–७ मनहेराबाट अवैध लागूऔषध चरेश ८ सय ८० ग्रामसहित बझाङ सुर्मा गाउँपालिका–२ डोरी बस्ने ६१ वर्षीय मोतीलाल बोहरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।