बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सोमबार, मंसिर ४ २०८०

काठमाडौं- खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बस्ने किशोर दुमि राईको घरमा आइतबार राति आगलागी हुँदा १५ वटा कुखुराको चल्ला, सुन तथा चाँदीसमेत गरी करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बोइलर कुखुरालाई तातो बनाउन बालिएको कोइलाबाट आगलागी भएको बताइएको छ ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ छिर्ने बस्ने ८० वर्षीय पुरन महराको घर र गोठमा आइतबार दिउँसो आगलागी हुँदा गोठ र घर पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनसुन्धान गरिरहेको छ ।