आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जनाको अवस्था गम्भीर

सोमबार, मंसिर ४ २०८०

रुकुम पश्चिम । रुकुम पश्चिममा सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार २२ घाइते भएका छन्। प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोट तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको थियो ।

अहिले घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याइएको छ । घाइते मध्य सात जनाको अवस्था गम्भीर भएको बताइएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।