आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि

सोमबार, मंसिर ४ २०८०

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि गरेको छ ।

प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा पछिल्लो पटक गरेको आक्रमणपछि वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको हो।

उनको अवस्थाबारे भने अहिलेसम्म पनि यकिन गर्न नसकिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र जोखी कार्य जारी रहेको ब्यहोरा सबैलाई जानकारी गराइन्छ ।’

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए ।

गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए ।