आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आगलागीमा जलेर आमा–छोराको मृत्यु

आइतबार, कार्तिक २६ २०८०

गोरखा – धार्चे गाउँपालिका–१ हुल्चोक बस्ने ७५ वर्षीया कान्छी गुरूङ र उनकै छोरा ३९ वर्षीय चन्द्रसिहं गुरूङको आगलागीमा जलेर शनिबार राति मृत्यु भएको छ ।

कान्छी गुरूङको ढुङगा माटोको गारो एवम् जस्ताको छानो भएको एकतले घरमा आगलागी हुँदा घरमा सुतिरहेका दुवै जनाको जलेर मृत्यु भएको बताइएको छ । आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।