शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

गुल्मीको हुग्दी खोलामा नग्न अवस्थामा किशोरीको शव फेला

शुक्रबार, कार्तिक १७ २०८०

रूपन्देही । गुल्मीमा खेतलालाई सुर्ती लिन बजार गएकी एक किशोरी नग्न अवस्थामा मृत फेला परेकी छन् ।

चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बजार नजिकैको झोलुङ्गे पुलमुनि खोलामा नग्न अवस्थामा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय मनिषा चुँदालीको शव फेला परेको हो ।

बिहीवार दिउँसो ११ बजे धान स्याहार गर्ने खेतालालाई सुर्ती ल्याइदिन बजार गएको तर सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खोजतलासीको लागि खबर गरेका थिए । किशोरीको हत्या भएको आशंका गरिएको छ ।

घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली गएको छ ।