आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मृत अवस्थामा फेला

बुधबार, भाद्र २७ २०८०

काठमाडौं- महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा बस्ने ६५ वर्षीय पर्शुराम साह तेली आफ्नै धान खेतको आलीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । खेतमा काम गर्ने गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका–४ कुडी बस्ने ६८ वर्षीया बिष्णु माया बुढाथोकी सोही ठाउँस्थित गोरेटो बाटोको छेउमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

सुनसरीको धरान उपमहानगरपालिका–११ स्वस्तिका चोक बस्ने ५२ वर्षीय कृष्ण कुमार शाक्य आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । दाङको राप्ती गाउँपालिका–१ चैतेस्थित राप्ती नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।