बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

हत्या गरेको अभियोगमा पक्राउ

मंगलबार, जेष्ठ ३० २०८०

काठमाडौं – आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२३ ओमबहाल माथेमा चोक बस्ने सुरज शाक्यलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवाद हुँदा सुरज शाक्यले धारिलो हतियार प्रहार गर्दा सूर्य शाक्यको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सुरज शाक्यलाई काठमाडौं असनबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।